कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी, एसएलसी उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने


कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै कर्णाली प्रदेशका विभिन्न स्थानीय स्थानिय तहमा रिक्त रहेको सहायक पदको लागि दरखास्त आह्वान गरेको हो ।

सहायक पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी.\एस.ई.ई. वा सो सरह उत्तीर्ण गरेको भए पुग्ने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरीकले आजदेखि चैत १९ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर तिरेर भने चैत २६ गतेसम्म आवेदन दिन सकिने छ ।
उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://ppsconline.karnali.gov.np बाट अनलाइन दरखास्त दिनुपर्नेछ ।

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर ४०० रुपैयाँ बुझाउनुपर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि थप दस्तुर २०० रुपैयाँ बुझाउनुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ फागुन २०८०, मंगलबार  ०८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।