लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी


लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

निजामती सेवाका निम्न सेवा, समूह, उपसमूह का राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा आ.प्र., खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्ति गर्नु पर्ने भएकोले उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको आयोगले बुधबार निकालेको सूचनामा उल्लेख गरिएको छ ।

न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline1.psc.gov.np मार्फत् आवेदन दिनसक्ने छन् । परिक्षा लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता गरी ३ किसिमबाट हुने छ । लिखित पास गर्नेले मात्र कम्प्युटर सीप परीक्षण र अन्तर्वार्तामा भाग लिन पाउने छन् ।

आवेदकले आजदेखि चैत २० गतेसम्म आवेदन दिनु पर्ने छ । दोब्बर दस्तुरमा भने चैत २८ गतेसम्म आवेदन खुला रहेने छ ।

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर ५०० रुपैयाँ बुझाउनु पर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि १५० रुपैयाँ थप दस्तुर बुझाउनु पर्नेछ ।

साथै उम्मेदवारले छनौट गरेको सेवा ̃समूहको क्लष्टरका आधारमा एक भन्दा बढी क्लष्टर प्रत्येकका लागि थप १५० रुपैयाँका दरले परीक्षा दस्तुर बुझाउनु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।