विकास बैंकको छाता संस्थाले अर्थमन्त्री पुनलाई चुनौती र समस्याका बारेमा गरायो जानकारी


विकास बैंकहरुको छाता संस्था डेभलपमेण्ट बैंकर्स एसोसिएसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई बैंकिङ क्षेत्रका समस्याका सम्बन्धमा जानकारी गराएको छ ।

शुक्रबार अर्थमन्त्री पुनलाई भेटेर बधाई ज्ञापन गर्दै एशोसिएसनको पदाधिकारीले हालको बैंकिङ क्षेत्रको चुनौतीका सम्बन्धमा जानकारी गराएको हो ।

डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा गएको एशोसिएसनको प्रतिनिधिमण्डलले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पु¥याएको योगदानको वारेमा पनि जानकारी गराएको थियो ।

भेटघाटका क्रममा नवनियुक्त अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गिण विकासको लागि विकास बैंकहरुले पु¥याएको योगदानको प्रशंसा गर्दै कुनै पनि खराव मनसाय नराखी काम गर्दा सरकारले पूर्णरुपमा सहयोग गर्ने भन्दै निर्धक्कसँग काम गर्नको लागि सुझाव दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।