आठ महीनाको नाफामा मुक्तिनाथलाई गरिमाको टक्कर, विकास बैंकहरुको कुल नाफा कति ?

0
Shares

चालु आर्थिक वर्ष २०८०–८१ को आठ महिनामा सञ्चालनमा रहेका १७ विकास बैंकहरुले कुल ३ अर्ब ५१ करोड ३९ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । माघ मसान्तसम्ममा विकास बैंकहरुको नाफा २ अर्ब ८५ करोड २९ लाख ६० हजार रुपैयाँ रहेकोमा फागुनमा ६६ करोड १० लाख २० हजार रुपैयाँले बढेको हो ।

हाल राष्ट्रियस्तर आठ सहित कुल १७ ओटा विकास बैंक सञ्चालनमा छन् । यस अवधिमा १७ मध्ये १३ वटा विकास बैंकले नाफा आर्जन गर्दा ४ वटाले घाटा व्यहोरेका छन् । फागनुसम्म चार विकास बैंकको नोक्सानी ३८ करोड ९३ लाख ६० हजार पुगेको छ । माघसम्म यस्तो नोक्सानी ३० करोड ९० लाख २९ हजार रहेकोमा पछिल्लो एक महीनामा मात्रै ८ करोड ३ लाख ३१ हजार रुपैयाँले बढेको हो ।

समग्रमा विकास बैंकको नाफा फागुन मसान्तमा ३ अर्ब १२ करोड ४६ लाख २० हजार रुपैयाँमा समेटिएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०–८१ को फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकको टक्कर देखिएको छ । राष्ट्र बैङ्कका अनुसार विकास बैंकमध्ये यसअघि पनि नाफामा ‘नम्बर वान’ रहँदै आएको मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा पुगेको छ । माघमा मुक्तिनाथलाई गरिमा विकास बैंकले उछिनेको थियो

चालु आवको आठ महीनामा मुक्तिनाथको नाफा गरिमाको तुलनामा ७७ लाख ३० हजार रुपैयाँ बढी छ । फागुन मसान्तसम्ममा मुक्तिनाथ विकास बैंकले ६५ अर्ब ९९ करोड ५० हजार नाफा आर्जन गर्दा गरिमा विकास बैंकले ६५ करोड २२ लाख २० हजार रुपैयाँ नाफा कमाएको हो ।
तेस्रो स्थानमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५२ करोड २७ लाख ६० हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकले ४० करोड ७४ लाख ६० हजार र कामना सेवा विकास बैंकले ३८ करोड १५ लाख ४० हजार रुपैयाँ रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा लुम्बिनी विकास बैंकले २७ करोड ९७ लाख ६० हजार, ज्योति विकास बैंकले २५ करोड ७७ लाख र र सांग्रिला डेभलपमेन्ट बैंकले २१ करोड ४९ लाख ५० हजार रुपैयाँ खुद कमाएको छ ।

क्षेत्रियस्तरका बैंकहरुमा कर्णाली डेभलपमेन्ट बैंकले फागुन मसान्तसम्मको अवधिमा ५ करोड ५४ लाख ४० हजार रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकले ४ करोड २ लाख २० हजार, सिन्धु विकास बैंकले २ करोड ६ हजार, ग्रीन डेभलपमेन्ट बैंकले १ करोड ९४ लाख रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड २५ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

S.N. Sector -Development Banks Profit Till Falgun end 2080 (in Million)
1 Muktinath Bikas Bank Ltd. 659.95
2 Garima Bikas Bank Limited 652.22
3 Shine Resunga Development Bank 522.76
4 Mahalaxmi Bikas Bank Ltd. 407.46
5 Kamana Sewa Bikas Bank Limited 381.54
6 Lumbini Bikas Bank Ltd. 279.76
7 Jyoti Bikas Bank Limited 257.7
8 Shangrila Development Bank  214.95
9 Karnali Development Bank Limited 45.44
10 Miteri Development Bank Limited 40.22
11 Sindhu Bikash Bank Ltd 20.06
12 Green Development Bank Ltd. 19.4
13 Corporate Development Bank Limited 12.52
14 Salapa Bikash bank -2.58
15 Narayani Development Bank Limited -7.47
16 Saptakoshi Development Bank -136.24
17 Excel Development Bank Ltd. -243.07
Total 3124.62

 

चार विकास बैंक घाटामा

सञ्चालनमा रहेका १७ मध्ये चार ओटा वटा विकास बैंकले नोक्सानी ब्यहोरेका छन् । यस अवधिमा एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक घाटामा पुगेका हुन् ।

राष्ट्र बैङ्कका अनुसार एक्सेल डेभलपमेन्ट बैंक फागुन मसान्तसम्म सबैभन्दा धेरै घाटामा छ । सो बैंकले २४ करोड ३० लाख ७० हजार रुपैयाँ नोक्सानी ब्यहोरेको हो । अघिल्लो महीना माघमा १८ करोड ६७ लाख ५० हजार रुपैयाँ थियो ।

यस्तै समीक्षा अवधिमा सप्तकोशीले १३ करोड ६२ लाख ४० हजार रुपैयाँ घाटामा छ । माघसम्म १२ करोड १६ लाख ७० हजार रुपैयाँ घाटामा थियो । नारायणी डेभलपमेन्टको नोक्सानी माघमा ३ लाख ३० हजार रहेकोमा फागुनसम्म ७४ लाख ७० हजार पुगेको छ ।

यस्तै खोटाङमा कार्यालय रहेको एकजिल्ले विकास बैंक सालपाको नोक्सानी पनि माघमा २ लाख ७९ हजार रुपैयाँ रहेकोमा फागुनमा बढेर २५ लाख ८० हजार रुपैयाँ पुगेको छ । बैंक विसं २०६७ सालमा खोटाङको दिक्तेलमा स्थापना भएको थियो।यस विकास बैंकले अहिलेसम्म पनि सर्वसाधारणलाई सेयर जारी गरेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।