सात महीनामा विकास बैंकहरुको नाफा कति ? मुक्तिनाथलाई गरिमाले टप्यो

0
Shares

सात महिनामा सञ्चालनमा रहेका १७ विकास बैंकहरुले कुल २ अर्ब ८५ करोड २९ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यस अवधिमा १७ मध्ये १३ वटा विकास बैंकले नाफा आर्जन गर्दा ४ वटाले घाटा व्यहोरेका छन् । हाल राष्ट्रियस्तर आठ वटा सहित कुल १७ ओटा विकास बैंक सञ्चालनमा छन् ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०–८१ को माघ मसान्तसम्मको तथ्याङ्क अनुसार यसअघि नाफामा ‘नम्बर वान’ रहँदै आएको मुक्तिनाथ विकास बैंकलाई गरिमा विकास बैंकले उछिनेको छ ।

राष्ट्र बैङ्कका अनुसार विकास बैंकको नाफामा गरिमा विकास बैंकले सबैलाई टपेको हो । चालु आवको सात महीनामा मुक्तिनाथको तुलनामा गरिमाको नाफा २ करोड ५७ लाख रुपैयाँ बढी हो । माघ मसान्तसम्ममा गरिमा विकास बैंकले ५५ करोड ८० लाख ८० हजार रुपैयाँ नाफा कमाउँदा मुक्तिनाथले ५३ अर्ब २३ करोड ५० हजार नाफा आर्जन गरेको हो ।

तेस्रो स्थानमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४३ करोड ७१ लाख ५० हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकले ३३ करोड ४० लाख ९० हजार र कामना सेवा विकास बैंकले ३१ करोड २३ लाख ५० हजार रुपैयाँ रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा लुम्बिनी विकास बैंकले २१ करोड १३ लाख १० हजार, ज्योति विकास बैंकले १७ करोड ७६ लाख ६० हजार र सांग्रिला डेभलपमेन्ट बैंकले १५ करोड ४९ लाख ३० हजार रुपैयाँ खुद कमाएको छ ।

क्षेत्रियस्तरका बैंकहरुमा कर्णाली डेभलपमेन्ट बैंकले माघ मसान्तसम्ममा ४ करोड ६४ लाख ९० हजार रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकले ४ करोड ४९ लाख ७० हजार, सिन्धु विकास बैंकले १ करोड ६८ लाख १० हजार, ग्रीन डेभलपमेन्ट बैंकले १ करोड ६० लाख ४० हजार रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ७ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

चार विकास बैंक घाटामा

सञ्चालनमा रहेका १७ मध्ये ओटा वटा विकास बैंकले नोक्सानी ब्यहोरेका छन् । यस अवधिमा एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक घाटामा पुगेका हुन् ।

राष्ट्र बैङ्कका अनुसार एक्सेल डेभलपमेन्ट बैंक माघसम्म सबैभन्दा धेरै घाटामा छ । सो बैंकले १८ करोड ६७ लाख ५० हजार रुपैयाँ नोक्सानी ब्यहोरेको हो । यस्तै समीक्षा अवधिमा सप्तकोशीले १२ करोड १६ लाख ७० हजार रुपैयाँ घाटामा छ । नारायणी डेभलपमेन्टको नोक्सानी ३ लाख ३० हजार र सालपा २ लाख ७९ हजार रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।