भेटायोको दोस्रो वार्षिकोत्सव : विभिन्न अफर सार्वजनिक


घरायसी सेवा प्रदायक भेटायो एपले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा अफर सार्वजनिक गरेको छ ।

जसअनुसार खेल्ने र जित्ने प्रतियोगिता अन्तर्गत सहभागी हुँदा ग्राहकले आकर्षक पुरस्कारहरू जित्ने मौका पाउनेछन् । यस्तै घरेलु उपकरणहरु एसी र वाशिङ मेसिनहरूको खरिदमा ७० हजार रुपैयाँसम्म बचत गर्न सकिने कम्पनीको भनाइ छ ।

यस्तै प्लम्बिङ, कीट नियन्त्रण, इलेक्ट्रिशियन, लुगा धुने र यस्तै अन्य सीमित सेवाहरूमा ५०% सम्म छुट पाउन सकिनेछ ।

थप जानकारीका लागि र उत्सवमा सहभागी हुन http://onelink.to/bhetayo वा https://www.instagram.com/ मा फलो गर्न सकिनेछ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।