सिटिजन लाइफ इन्स्योरेन्सले २८.४ प्रतिशत लाभांश दिने


सिटिजन लाइफ इन्स्योरेन्सले २८.४ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सले शेयर प्रिमियममा रहेको रकमबाट शेयरधनीहरुलाई उक्त लाभांश दिने भएको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने छ ।

बैशाख २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।  प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी विशेष साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।