हिजो बेचेको सेयर आज पनि बेच्दा क्लोज आउटको झमेलामा लगानीकर्ता


नेपाल स्टक एक्स्चेञ्जको अनलाइन कारोबार प्रणालीले आज भोली डिम्याट खातामा मौज्दात भएको सेयरलाई मात्र कारोबार योग्य सेयरको सूचीमा देखाउँछ । तर सोमबार उक्त प्रणालीले प्रभावकारी रुपमा सिडिएससीको तथ्यांकलाई नट्समा प्रशोचन नगर्दा दोहोर्याएर सेयर बेच्ने लगानीकर्ताहरु क्लोज आउटको चपेटामा परेका छन् ।

मंगलबार र बुधबार दोहोर्याएर सेयर बिक्री गर्ने लगानीकर्ताहरुलाई यस्तै भएको छ । आइतबार बिक्री भएको सेयर सोही दिन साँझ इडिआइएसबाट ब्रोकरको पुल खातामा पठाए पछि नट्सले सोमबार बिहान प्रणालीमा त्यस्ता सेयरलाई बिक्री योग्य भनेर देखायो । हिजो बेचेको सेयर आज पनि बेच्न मिल्ने भनेर टीएमएसको फ्री व्यालेन्समा देख्ने बित्तीकै केही कारोबारीहरुले धमाधम बिक्री गरीसकेको सयर पुन बेचेर दाहोरो नाफा कमाउने लोभ गर्दा क्लोज आउटमा परेका हुन ।

आइतबार बेचेर इडिआईएस गरिसकेको सेयर मेरोसेयरमा मौज्दातको रुपमा नै रहेपनि सोमबार नट्सले उक्त तथ्यांकलाई फ्री व्यालेन्सका रुपमा देखायो । अनि लगानीकर्ताले धमाधम सेयर बेचे, अहिले सेटलमेण्टका क्रममा उनीहरुको डिम्याट खातामा उक्त सेयर निक्षेप छैन । खातामा नभएको सेयर बिक्री गरेपछि त्यस्ता लगानीकर्ताहरु क्लोज आउटमा परी २० प्रतिशत जरिवाना तिर्नुपर्ने अवस्थामा पुगेका छन् ।

मंगलबार साँझ केही ब्रोकरहरुकोमा समस्यामा परेको भन्दै ती कारोबारीहरुले क्लोज आउटबाट जोगाइदिन ताकेता गरिरहेका छन्, जुन विषय ब्रोकरको हातभन्दा बाहिर छ । एक सेयर दलाल व्यवसायीले नट्समा तथ्यांक प्रशोधन प्रभावकारी नभएका कारण टिएमएसमा फ्रि व्यालेन्स देखिँदा लगानीकर्ताले सेयर बिक्री गरेको हुन सक्ने बताए ।

नेप्सेको अनलाइन कारोबार प्रणाली नट्सको रेखदेख गर्दै आएको वाइको सोलुसनका अनुसार केन्द्रिय निक्षेप प्रणालीको डाटा नट्समा दैनिक अद्यावधिक गर्दा मेरो सेयरको अद्यावधिक नभएको विबरण नट्समा आएको हुन सक्छ । यस्तो विगतमा पनि भएका कारण टिएमएस लग इन गर्ने बित्तिकै मेरो सेयरमा भएको मौज्दात हेरेर मात्र कारोबार गर्नका लागि आग्रह सहितको सूचना सँधै सम्प्रेषण गर्ने गरिएको वाइकोको भनाई छ ।

नट्सको प्रणाली विकास गर्दा लगानीकर्ताको खातामा सेयर भए नभएको जाँच्ने प्रणाली बनेको थिएन । आज किनेको सेयर भोलि बिक्री हुन थालेको विषय उत्कर्षमा पुगेपछि नट्समा यो फिचर थप गरी टिएमएस व्यालेन्स जाँच गर्न थालिएको थियो । यद्यपी उक्त प्रणाली प्रभावकारी हुन नसकेको र नट्स र सिडिएससीको प्रणालीको डाटा स्वचालित रुपमा स्वाप गर्ने व्यवस्था नहुन्जेल प्रणालीले प्रभावकारी रुपमा काम गर्न सकिरहेको छैन ।

जसका कारण टिएमएस लगइन कै वखत टिएमएस व्यालेन्स प्रभावकारी नभएको विषय सहितको सूचना दैनिक रुपमा प्रवाह गरिएको अवस्थामा जाना जान कारोबारीहरुले आइतबार बिक्री गरिसकेको सेयर सेयर सोमबार पनि बिक्री गरेको हुन सक्ने वाइको सोलुसनको भनाई छ ।

टिएमएसमा प्रवाह भइरहेको सूचना यस्तो छ :

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।