महिला लघुवितले दुई लाख कित्ता सेयर बिक्री गर्दै


महिला लघुवित वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले १ लाख ९९ हजार ४७२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।  उक्त सेयरमा जो सुकै व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आजदेखि जेठ २३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ९०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लेखनाथमार्ग, ठमेल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्ने छन् ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर ९०० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि आवेदन दिन चाहेमा भिन्दा भिन्दै शिलबन्दी खामभित्र आवेदन दिनुपर्नेछ ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ। केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबुल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिइनेछ ।

बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम एक हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सो भन्दा बढीको लागि १०० को गुणानमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाउनेछन् । आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं. आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।