कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?


कुमारी बैंकले ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले दुर्गा प्रसाद पाण्डेको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको संस्थापक सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । बैंकको सेयरमा संस्थापक सेयरधनी बाहेक अन्य व्यक्ति, संस्था, वा कम्पनीले आवेदन दिन पाउने छैनन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज जेठ ९ गतेदेखि ३५ दिनभित्र आवेदन दिनु पर्ने छ ।

बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरीबाट प्राप्त गर्न सकिनेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।