सुनको मूल्य एकैदिन १८ सय रुपैयाँ घट्यो, बिहीबार कतिमा हुँदैछ कारोबार ?


सुनको मूल्य एकैदिन प्रतितोला १८ सय रुपैयाँ घटेको छ । बुधबार १०० रुपैयाँ घटेको सुनको भाउमा बिहिबार भारी गिरावट आएको हो ।

बिहीबार छापावाला सुनको भाउ १ लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८८५रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३७२ दशमलव २ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ५ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।