रियलमी १२ प्रो प्लस मोबाइल नेपाली बजारमा आउँदै


स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी १२ प्रो प्लस नेपाली बजाारमाा ल्याउने भएको छ ।

आकर्षक डिजाईन तथा अत्याधुनिक प्रविधिको साथ ग्राहकहरुको मन जित्दै रियलमी १२ प्रो प्लसले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने रियलमीको अपेक्षा छ ।

डिजाईन र डिस्प्ले

रियलमी १२ प्रो प्लसमा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ । जसले प्रयोगकर्ताहरुलाई रङ्गिन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्दछ । फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रो प्लसमा १२० हटर््जको रिफ्रेस रेट राखिएको छ ।

पर्फर्मेन्स तथा स्टोरेज

क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो प्लसमा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको ¥यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ, जुन आवश्यकता अनुसार २४ जिबीसम्म बढाउन सकिन्छ ।

क्यामरा

फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो प्लसको क्यामरा अति उपयोगी हुन्छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि ६४ बी सेन्सर र ओआईएस, सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगा पिक्सेलको सोनि आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रो प्लसमा उपलब्ध छ । यी अत्याधुनिक क्यामराहरुले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरु प्रदान गर्दछ ।

टिकाउ ब्याट्री तथा सुपरफास्ट चार्जिङ्ग

६७ वाटको सुपरभोक सुपरफास्ट चार्जीङ्ग युक्त ५ हजार एमएएच्को ब्याट्रीले गर्दा रियलमी १२ प्रो प्लसक प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथा यूएसबी टाईप-सी केबल निःशूल्क पाईन्छ ।

नेपालमा रियलमी १२ प्रो प्लसको १२ जिबी ¥याम र २५६ जिबी स्टोरेजको भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।