नेपाल हाइड्रो डेभलपरको बोनस सेयर नेप्सेमा सूचीकृत


नेपाल हाइड्रो डेभलपर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोको चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर शुक्रबार सूचीकृत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भएको हो ।

नेप्सेका अनुसार कम्पनीको २ लाख ३५ हजार १४८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त सेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

सुचीकृत बोनस सेयर साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहेका सेयरधनीले पाउनेछन् । उक्त बोनस सेयर कम्पनीको २०८० पुस १२ गते लिसारा रिसेप्सन्स, नक्साल, काठमाण्डौंमा सम्पन्न भएको साधारण सभाबाट पारित भएको थियो ।

साधारण सभाका लागि कम्पनीले मंसिर २५ गते बुकक्लोज गरेको थियो । बुकक्लोजको अघिल्लो कारोबार दिन अनुसार मंसिर २४ गतेसम्म कायम सेयरधनीले मात्रै बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।