‘सधैं अन’ मा आधारित हुँदै एनसेलले ल्यायो फेसबुक बेसिकमोड र डिस्कभर


एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सुविधा पाउने भएका छन्। यसलाई सम्भव बनाउँदै, एनसेल र फेसबुकको मातृ संस्था मेटाले एनसेलका ग्राहकहरूलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुक मार्फत सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेका छन्।

एकदमै राम्रो ब्रोडव्यान्ड कभरेज भएका क्षेत्रहरूमा पनि थुप्रै उपभोक्ताहरू क्रयशक्तिका कारणले गर्दा कहिलेकाही मात्र इन्टरनेट चलाउने वा चलाउँदै नचलाउने हुन्छन्।

यी खाडलहरू पुर्नका लागि कम्पनीले मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुने गरि दुई प्रोडक्टहरु फेसबुक बेसिकमोड र डिस्कभर सञ्चालनमा ल्याएको छ। विशेष गरी टु जी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक भएको कम्पनीको भनाइ छ।

डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरि इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ। त्यसैगरी,डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरुले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटोसहित फेसबुक पहुँचको सुविधा पाउँछन्। यी दुवै प्रोडक्टहरुमा कम्पनीको नीतिअनुसार फेयर युसेज पोलिसी अर्थात् उचित उपयोग नीति लागू हुने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।