पाँच सय ८४ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का, फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन नपाउने


वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै पाँच सय ८४ म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जानकारी दिएको हो ।

रोक्का गरिएका कम्पनीले रोक्का फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन नपाउने विभागले जनाएको छ ।

कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनीले युुवालाई झुटा आश्वासन देखाएर विदेश पठाउने गरेको सूचना आएकाले सचेतनाका लागि यो सूचना जारी गरेको विभागका निर्देशक एवं प्रवक्ता गुुरुदत्त सुुवेदीले जानकारी दिए ।

उनले भने, “कारोबार रोक्का गरिएका कम्पनीबाट युुवा ठगिन नपरोस् भनेर नै यो सूचनामार्फत सचेत गराएका हौँ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।