अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुला


पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, चितवनको इच्छाकामना गाउँपालिका–३, मौवाखोलानजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो ।

पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने उनले बताइन् ।

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । उक्त राजमार्गमा दैनिक कति सवारीसाधन आवतजावत हुन्छन् भन्ने यकिन जानकारी सरकारी निकायसँग छैन । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।