सुनरा स्कुटरको सुनौलो मनसुन अफर

0
Shares

सुनरा इलेक्ट्रीकको नयाँ स्कुटर नेपाल आएको छ ।

सुनरा इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी केटीएम इन्टरनेशनल ट्रेडिङले सुनरा स्कुटरको सुनौलो मनसुन अफर ल्याएको कम्पनीका सेल्स तथा मार्केटिंग मेनेजर नबराज घिमिरेले जानकारी दिए।

कम्पनीले तीन मोडल ९रोबो एस, ह्वांक डबल ब्याट्री तथा ह्वांक सिंगल ब्याट्रीमा विशेष छुटको अफर ल्याएको छ। रोबो एसमा ६० हजार छुट, ह्वांक डबल ब्याट्रीमा ५८ हजार र ह्वांक सिंगल ब्याट्रीमा ३७ हजार छुट उपलब्ध गराइएको जनाएको छ ।

रोबो-एस:

रोबो-एसमा ३ किलोवाटको पावर क्षमताको मोटर रहेको छ, जसमा ४३०० किलोवाटको पिक पावर छ। ७२ भोल्ट २० एमएएचको २ ओटा लिथियम ब्याट्री उपलब्ध छ, जसले सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पीड ८० किलोमिटर प्रति घण्टाको छ। रोबो९एस को एमआरपी ३ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ।

ह्वांक:

ह्वांकमा १८०० वाटको पावर क्षमताको मोटर रहेको छ। ७२ भोल्ट २० एम ए एचको २ ओटा तथा सिंगल लिथियम ब्याट्रीमा उपलब्ध छ, जसले सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पीड ६५ किलोमिटर प्रति घण्टाको छ। ह्वांक डबल ब्याट्री को एमआरपी ३ लाख १७ हजार ९ सय रुपैयाँ रहेको छ भने सिंगल ब्याट्री को एमआरपी २ लाख ३६ हजार ९ सय रहेको छ।

सुनरा के ५:

सस्तो रेञ्जको सुनरा के ५ पनि नेपाल भित्रिएको छ। यसमा ४ किलोवाट पिक पावर क्षमताको मोटर उपलब्ध छ। ७२ भोल्ट ३५ एम्पीयर आवरको ग्राफिन ब्याट्री एक पटक फुल चार्ज गर्न ६/७ घण्टा लाग्छ र १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पीड ६० किलोमिटर प्रति घण्टाको छ। यसमा १४५ एमएमको ग्राउन्ड क्लियरेन्स, दुबै तर्फ डिस्क ब्रेक, एलईडी लाइट, स्मार्ट कि, तथा अन्डरसिट बुट स्पेस पाउन सकिन्छ। सुनरा के ५ को एमआरपी १ लाख ८९ हजार ९ सय रहेको छ

केटीएम इन्टरनेशनलले ईभी स्कुटर बाहेक बेनेलीका मोटरसाइकल तथा स्कुटर समेत बिक्री गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।