कर्णाली प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाको स्वास्थ्य सेवाका विभिन्न समूह तथा उपसमूहका आठौँ तहका पदहरूको लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षा मार्फत कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो । तोकिएको न्यूनतम योग्यता पुगेको उम्मेद्वारले आयोगको अनलाइन दरखास्त प्रणाली https:\\ppsconline.karnali.gov.np बाट आवेदन दिन सक्ने छन् ।
प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर एक हजार रुपैयाँ बुझाउनुपर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि थप दस्तुर ४०० रुपैयाँ बुझाउनुपर्नेछ ।
विज्ञापित पदहरूमा अनलाइन प्रणाली मार्फत् मात्र दरखास्त बुझाउनुपर्नेछ । अनलाइन प्रणाली मार्फत् दरखास्त पेस गर्ने विधि\तरिका सम्बन्धी विस्तृत विवरण https:\\ppsconline.karnali.gov.np बाट हेर्न सकिनेछ ।
आवेदकले मंसिर १७ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर तिरी भने २४ गतेसम्म आवेदन दिनु पर्ने छ ।
्
प्रतिक्रिया