राष्ट्रिय कृषि कम्पनीमा रोजगारीको अवसर, एकैपटक १६१ जना भन्दा बढी कर्मचारी माग


काठमाडौँ । नेपालको कृषि क्षेत्रको विकासमा योगदान गर्ने उदेश्यले कृषि रुपान्तरण र किसान सशक्तिकरणका लागि स्थापित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले विभिन्न पदमा कर्मचारीहरुको लागी आवेदन माग गरेको छ ।

कामप्रति प्रतिबद्ध र तोकिएको योग्यता पुगेका व्यक्तिहरूले कम्पनीले माग गरेको पदमा आवेदन पेश गर्न अनुरोध गरेको छ । साथै कम्पनीले jobs.talentconnects.com  वेवसाइट मार्फत आवेदन पेश गर्न सक्ने व्यवस्था मिलाएको बताएको छ ।

बैदेशिक रोजगारीमा रहेका र फर्केका ब्यक्तीहरुलाइ लक्षित गर्दै २५ प्रतिशत आरक्षणको ब्यबस्था समेत गरिएको छ । इच्छुक उमेद्वारले २०८१ पौष १ गतेभित्र आवेदन पेश गरि सक्नुपर्नेेछ । कम्पनीका अनुसार आवेदन पेश गर्दा कुनै शुल्क लाग्ने छैन ।

कम्पनीले केन्द्रीय कार्यालय मध्यपुर थिमि भक्तपुर तथा देशका विभिन्न जिल्लामा संचालनमा आउन लागेका शाखा कार्यालयहरुका लागी फुल टाइम र पार्ट टाइम गरि १६१ जना भन्दा बढी कर्मचारीको लागि आवेदन माग गरेको राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष तथा कार्यकारी प्रमुख बिशाल हुमागाईले बताएका छन।

प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार  १२ : १८ बजे