श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी क्षेत्रभएको बताएका छन् । रोजगार प्रवर्द्धन गर्ने अभिप्रायले सरोकार भएका निकाय तथा रोजगारदातासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन ।
मन्त्री भण्डारीले भने , “सरकारले रोजगारी दिने होइन सुविधा दिने हो । रोजगारदाता भनेको संसारभर निजी क्षेत्र हुने भएकाले रोजगारीको प्रमुख स्रोत पनि निजी क्षेत्र हो ।” सोही कार्यक्रममा बोल्दै मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको उनले जानकारी दिए ।
वैदेशिक रोजगारीका लागि महाशाखा, बोर्ड र विभाग भए पनि आन्तरिक रोजगारीका लागि केही व्यवस्थान भएकाले आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागिएको मन्त्री भण्डारीको भनाइ छ । “मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापनाले मुलुकभित्रका रोजगारीको सम्भावनाहरुलाई प्रवर्द्धन गर्ने, त्यसलाई अगाडि बढाउने काम गर्नेछ”, उनले भने।
प्रतिक्रिया