काठमाडौँ । मलेसियामा आठ महिनापछि नेपाली श्रमिक पठाउन सुुरु गरिएको छ । श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको थियो।
आप्रवासी श्रमिक लिन छोडेको मलेसियाले मङ्सिरदेखि आंशिक रूपमा खुलाउन थालेसँगै नेपालका वैदेशिक रोजगार व्यवसायीले माग प्रमाणीकरण गरेर ल्याई विज्ञापन गरेर पठाउन सुरु गरेका हुन् । मलेसियामा मासिक ५ हजार बढी नेपाली श्रमिक जाने गरेका छन् ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारले प्लान्टेसनसहितका केही क्षेत्रमा कोटा तोकेर श्रमिक लिने नीति बनाएपछि नेपाली श्रमिकको पनि माग आउन थालेको छ । दूतावासले करिब दुई हजार माग प्रमाणीकरण गरिसकेको जनाएको छ ।
मलेसियाले सन् २०२५ फेब्रुअरी १ तारिकदेखि श्रमिकको न्यूनतम तलब प्रतिमहिना एक हजार पाँच सयबाट बढाएर एक हजार सात सय मलेसियन रिङ्गेट पु¥याउने निर्णय गरिसकेको छ । उद्योग र उत्पादन प्राविधिकको सुरुको तलब यसअघि नै करिब दुई हजार तीन सय रिङ्गेट छ । यद्यपी, मलेसियाले सेक्युरेटी गार्डलाई भने प्रवेशमा रोक लगाइएको थिएन ।
प्रतिक्रिया