काठमाडौँ । सामाजिक सुरक्षा कोषले आन्तरिक तथा खुला प्रतियोगितात्मक परिक्षाद्वारा कर्मचारी भर्ना गर्ने भएको छ । कोषले शुक्रबार एक सूचना जारी गर्दै २७ पदको लागि कर्मचारी भर्ना गर्ने जनाएको हो ।
परिक्षा लोकसेवा आयोगबाट संञ्चालन हुने छ । योग्यता पुगेका इच्छुक आवेदकले तोकिएको दस्तुर तिरेर अनलाइनमार्फत माघ ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।
दोब्बर दस्तुर तिरेर भने माघ १० गतेसम्म आवेदन दिन सकिने कोषद्वारा जारी सूचनामा उल्लेख छ । तलब सुविधा कोषको प्रचलित नियमअनुसार हुने जनाइएको छ ।
तह ४ र ५ को पदमा १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ भने तह ६ र ७ को पदमा २१ वर्ष उमर पूरा भई ३५ वर्ष ननाघेको, तह ८ र सो भन्दा माथिको पदमा ४० वर्ष ननाघेको, महिला तथा अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष उमेर ननाघेको हुनु पर्ने छ ।
प्रतिक्रिया