काठमाडौँ । नयाँ बानेश्वरमा रहेको हिमालयन बैंक लिमिटेडको शाखा स्थानान्तरण गरेको छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं ३२, बाट आज आइतबार देखि कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।
उक्त शाखाको शुभारम्भ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका छन् ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८२ एटिएम, ८ हजारभन्दा बढी POS Terminals र १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया