सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्यो


काठमाडौँ । सुनको भाउ प्रतितोला १४०० रुपैयाँले बढेको छ । मंगलबार ६०० रुपैयाँले घटेको सुनको भाउ बुधबार १४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६२४।४९ अमेरिकी डलर र चाँदी प्रतिऔंस २८।८४ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १७ पुस २०८१, बुधबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।