काठमाडौँ । सुविसु केवलनेटलाई नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ लाइसेन्स दिएको छ । सुविसुको लाइसेन्स नवीकरण गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
सुविसुले करिब ३१ करोड बक्यौता बुझाउन बाँकी थियो । उक्त रकम बुझाएपछि सुविसुको लाइसेन्स नवीकरण गरिएको हो ।
सुबिसुले रोयल्टी बापतको १७ करोड ४८ लाख र ग्रामीण दूरसञ्चार सेवा दस्तुरबापत १३ करोड ८९ लाख रुपैयाँ बक्यौता रकम बुझाएको प्राधिकरणले जनाएको छ। सुबिसुको लाइसेन्स अवधि पाँच वर्षको रहेको छ ।
प्रतिक्रिया