काठमाडौँ । सुनको मूल्यमा गिरावट आएको छ । सोमबार प्रतितोला १ सय रुपैयाँले बढेको सुन आज प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन एक लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६७३.६५ अमेरिकी डलर र चाँदी प्रतिऔंस २९.७१ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया