काठमाडौँ । ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।
कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारणा शेयर निष्काशन गर्ने अनुमति पाएको हो । कम्पनीले प्रति कित्ता अंकित मुल्य १०० रुपैयाँमा शेयर निष्काशन गर्ने छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
कम्पनीले सेयर जारी गरेपछि चुक्ता पुँजी ६० करोड रूपैयाँ पुग्ने भएको छ। ओम मेगाश्री औषधि उत्पादन गर्ने कम्पनी हो । नेपालको पुँजीबजारको इतिहासमा पहिलोपटक औषधि उत्पादन गर्ने कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो ।
चितवनमा औषधि उत्पादन उद्योग रहेको यस कम्पनीले २०८० फागुन ४ बाट उत्पादन सुरू गरेको हो। कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ हुन्।
कम्पनीले युरोपियन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस स्टाण्डर्ड अनुसार औषधी उत्पादन गर्ने र नेपाल सरकार औषधी व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधी उत्पादनको अनुमति पाएको छ ।
प्रतिक्रिया