बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता


काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) र बङ्गलादेश सरकारले सार्वजनिक निजी साझेदारी मोडल अन्तर्गत देशको पहिलो ‘हरित डाटा केन्द्र’ विकास गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

एडीबी र बङ्गलादेश सरकारका सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरूले आइतबार एमओयूमा हस्ताक्षर गरे । डाटा सेन्टरले भविष्यका मागहरू पूरा गर्न अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्नेछ ।

एडीबीको बङ्गलादेश मिशनका निर्देशक युन जियोङले भने,“यो पहल बङ्गलादेशको डिजिटल भिजन, अत्याधुनिक प्रविधिलाई एकीकृत गर्ने र देशको डिजिटल रूपान्तरणलाई समर्थन गर्न महत्त्वपूर्ण कदम हो ।”

“यो परियोजनाले सूचना प्रविधि क्षेत्रमा निजी लगानीलाई बढावा दिने र डिजिटल प्रविधिमा पूँजी परिचालनको ढोका खोल्नेछ ।”

परियोजनाले दिगो र समावेशी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने र बङ्गलादेशमा अत्याधुनिक डिजिटल पूर्वाधारको विस्तारलाई समर्थन गर्नेछ ।

प्रकाशित मिति: १६ माघ २०८१, बुधबार  ०६ : ५० बजे