१८ वाणिज्य बैंकले ब्याजदर स्थिर राख्दा दुई बैंकको घट्यो


काठमाडौँ ।  १८ वाणिज्य बैंकले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेका छन् भने दुई बैंकले व्याजदर घटाएका छन् । सनराइज बैंक र ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएका हुन्।

माघ महिनामा औषतमा ६.००१ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६.००१ प्रतिशतविन्दु नै रहेको छ।

२० वाणिज्य बैंकहरुमध्ये १८ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा औषत ब्याजदर स्थिर रहन पुगेको हो। फागुन महिनाको लागि व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनआईसी एसिया बैंक र एनएमबी बैंकले दिएका छन् । फागुनको लागि मुद्धती निक्षेपमा दुवै बैंकले ५.६ प्रतिशत व्याज दिने भएका हुन् ।

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार  ०९ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।