उद्योग परिसंघको युवा उद्यमी मञ्च लुम्बिनी प्रदेश च्याप्टर गठन


काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । आज भैरहवामा अर्थमन्त्री विष्णु पौडेलले च्याप्टरको उद्घाटन गरेका थिए ।

कार्यक्रममा पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा परिसंघले महत्वपूर्ण भूमिका रहेको बताए । उनले सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा रहेको भन्दै ‘देश हामीले बनाउने हो, हामीले बनाउछौँ’ भन्ने सन्देश युवाहरुमा पुर्‍याउन उद्यमीहरुलाई आग्रह गरे ।

युवाहरुलाई उद्यमशील बनाउन नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेकोमा जोड दिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए ।

च्याप्टरको बोर्डमा राजन कसजुसँगै विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहेको छन् ।

प्रकाशित मिति: १४ चैत २०८१, बिहीबार  १३ : ३४ बजे