माछापुच्छ्रे बैंकले मनायो ‘ग्लोबल मनी वीक’


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत चैत ४ देखि १० गतेसम्म सप्ताहव्यापी रुपमा ‘ग्लोबल मनी वीक’ मनाएको छ ।

बैंकले देशव्यापी रुपमा छरिएका आफ्‌ना शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो ।

बैंकले ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेजसँग समन्वय गरेर विद्यार्थीहरुलाई लक्षित गर्दै अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी ग्लोबल मनी वीक २०२५ मनाएको बैंकले जानकारी दिए ।

प्रकाशित मिति: १४ चैत २०८१, बिहीबार  १३ : ४९ बजे