काठमाडौं । फागुन १५ मा २८९० विन्दुमा पुगेको नेप्से परिसूचक गत बिहीबारसम्ममा २७०३.३९ विन्दुमा ओर्लिएको राजावादीको सक्रियता बढेसँगै उत्पन्न राजनितिक अस्थिरताकाबीच बजार यो अवधिमा १८६.६१ विन्दुले घटेको हो ।
बजार घटेसँगै समग्र बजार पुँजीकरण पनि ३ खर्ब १० अर्ब भन्दा बढीले घटेको छ । अर्थात बजार घट्दा लगानीकर्ताको ३ खर्ब १० अर्बको सम्पत्ती गुमेको हो ।
नेप्सेमा आएको यो गिरावट विभिन्न आन्दोलन तथा नियतिका उपज रहेको बजार विश्लेषकहरू बताउँछन् । राजा फर्काउने आन्दोलनदेखि नेपाल विद्युत प्राधिकरणका तत्कादीन प्रमुख कुलमान घिसिङको बहिर्गमनसम्मले बजारलाई असर पारेको लगानीकर्ताहरुको बुझाई छ ।
साना साना विषयमा प्रधानमन्त्रीको बढ्दो सक्रियता, नियुक्ती र कार्यरत कर्मचारीको बर्हिगमन, वित्तीय अवस्था सुधारमा कुनै पहल ललिनु लगातले बजारलाई प्रभावित पारेको उनीहरुको बुझाई छ ।
गत फागुन १५ मा बजार परिसूचक नेप्से एकै दिन ७५.२४ विन्दुले बढेर २८९० विन्दुमा पुगेको थियो । धेरै समयपछि फराकिलो अन्तरले बजार माथि उक्लिए पनि त्यो दीगो हुन सकेन । त्यस दिन १४ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच हुँदा ४७ खर्ब ९९ अर्ब १९ करोड रुपैयाँको बजार पुँजीकरण कायम भएको थियो ।
बिना कारण बढेको बजारले घट्ने बहाना खोजिरहेका बेला राजनितिमा आउन सक्ने उथलपुथल कारण बन्न पुग्यो । अर्कातिर चालु आर्थिक वर्षको तेस्रो त्रैमासको समाप्ति हुँदै गर्दा कर तिर्नेहरुले पनि बढेको मौकामा सेयर बेचे । सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विबरण आशातित नआउने सन्त्राशमा रहेकाहरुले पनि बढेको मौकामा सेयर बेचे । यस्ता विभिन्न कृयाकलापले बजारमा खरिदभन्दा बिक्री चाप बढि आउँदा बजार दिन दिनै तल झर्ने क्रम रोकिएन ।
गत फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदा उनका समर्थकले ¥याली आयोजना गर्ने खबरले नै उक्त दिन बजार ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा झ¥यो । कारोबार रकम पनि ९ अर्ब ९१ करोड रुपैयाँ कायम भएको थियो ।
पूर्वराजाका समर्थकहरुको सक्रियता, त्रानेन्द्रका सार्वजनिक अभिव्यक्ती लगायतले राजनीतिक अस्थिरताको संकेत लगानीकर्तामा पर्न गयो । लगानीकर्ताको मनस्थिति नै बदलिएपछि किन्नेभन्दा बेच्नेहरु हाबी भए । त्यस पछिका दिनमा खासै उकालो लाग्न नसकेको बजार चैत १५ गतेको राजावादीहरुको अग्र आन्दोलनले झनै प्रभावित बन्न पुग्यो । राजावादीहरुले देखाएको उदण्डताले पनि लगानीकर्ताको मनोभावमा कुनै न कुनै किसिमको असर पार्यो ।
त्यस अघि नै चैत ११ गत साँझ सरकारले एकाएक कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्ती गर्ने निर्णय ग¥यो । यसले पनि लगानीकर्तालाई धेरै कमजोर मानसिकतामा पुर्यायो । कुलमान बर्खास्त भएको भोलिपल्ट अर्थात १२ गतेसेयर बजारमा ५८.०५ अंकको पहिरो जाँदा नेप्से २५८२.७३ विन्दुमा झ¥यो ।
त्यसपछि तीन दिन बजार बढ्यो । निरन्तर बढेको बजार चैत १९ मा फेरि १६.९५ अंकले घट्यो । गत बिहीबार भने परिसूचक ३.३५ विन्दुले बढेर २७०३.३९ विन्दुमा अडिएको छ । सो दिन समग्र बजार पुँजीकरण ४४ खर्ब ८९ अर्ब रुपैयाँ हाराहारीमा रहेको छ ।
वित्तीय बजार कमजोर अवस्थाबाट गुज्रिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकको गभर्नरमा को आउलान भन्ने चासो पनि लगानीकर्तामा उत्तिकै छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको अन्तिम मन्तव्य दिएर बिदाइ भएसँगै शनिबारदेखि उनको कार्यकाल पुरा भयो भने राष्ट्र बैंक अहिले नेतृत्वविहीन अवस्थामा छ । गभर्नर अधिकारीको बिदाइमा लगानीकर्ताहरूको एक समूहले दिपावली नै ग¥यो भने अब को गभर्नर हुन्छ भन्ने उनीहरुको पर्खाइको विषय बनेको छ । सेयर बजार विरोधी गभर्नरका रुपमा लगानीकर्ताले उनको विरोध गर्दै आएका उनीहरु अब कस्तो गभर्नर आउने हुन् भन्दै पर्ख र हेरको अवस्थामा छन् ।
गभर्नर अधिकारीले सेयर बजारलाई संकुचनमा राखेको, लगानीकर्ता माथि लचक नभएको, जोखिमभार नघटाएको लगायतका गुनासाहरू लगानीकर्ताले राख्दै आएका थिए । यि विषय गौण भए पनि अर्थतन्त्रका सुचकहरु कमजोर अवस्थामा रहेका बेला उत्पन्न राजनितिक अस्थिरताका संकेतले बजारलाई कता लैजान्छ भन्ने चासो अर्काथरी लगानीकर्तामा छ ।
प्रतिक्रिया