काठमाडौँ । नेपाली सेनाले रिक्त रहेका विभिन्न सैन्य पदको लागि खुल्ला तथा समावेशी प्रतियोगिता मार्फत पदपुर्तिको लागि दरखास्त आह्वान गरेको छ ।
सेनाले शुक्रबार सुचना निकालेर विभिन्न भर्ना केन्द्रको लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो ।
सेनाले सैनिक तालिम वा कर्तव्य पालको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त भएका नेपाली सेनाका सन्तान, खुल्ला र समावेशी समुहमा आवेदन माग गरेको हो ।
उपत्यका पृतना हेड क्वाटर नारायणहिटी काठमाण्डौंको लागि ३२५ जना माग गरेको छ । यस्तै रणशेर गण सुर्यविनायक भक्तपुरको लागि १०० जना मागेको छ ।
यसैगरि पूर्वी पृतना हेडक्वाटर ईटहरी सुनसरीको लागि १७५ जनाको आवेदन माग गरेको छ ।
यस्तै वीरदल गण ओदिन पाँचथरको , श्री न.ं २ वाहिनी अड्डा हिले धनकुटाको र श्री नं. वाहिनी अड्डा जितपुर बाराको समान ७५–७५ जना मागेको छ ।
यसैगरि मध्य पुर्वी पृतना हेडक्वाटर बर्दिवास महोत्तरीको लागि १२५ जना माग गरेको छ ।
यस्तै खड्गलदल गण रामेछापको लागि ५० जना मागेको छ ।
यसैगरि मध्य पृतना हेडक्वाटर हेटौडा मकवानपुर, नयाँ सबुज गण भरतपुर चितवन र भैरव गण गजुरी धादिङ्घको लागि समान ७५–७५ जना माग गरेको छ ।
पश्चिम पृतना हेडक्वाटर विजयपुर कास्कीको लागि १७५ जना माग गरेको हो ।
श्री नं. २३ वाहिनी अड्डा शेराडिल बाग्लुङ्घको र रुद्रध्वज गण गोरखा को लागि ५०–५० जना माग गरेको छ ।
मध्य पश्चिम पृतना हेडक्वाटर योगिनीकुटी बुटवलको लागि २७५ जना मागेको छ । यस्तै रामवाण गुल्म धागिथुम गुल्मी र सुर्यदल गण लिवाङ्घ रोल्पाका लागि ५०–५० माग गरेको छ ।
यस्तै ज्वालादल गण भरतपुर दाङ्को लागि १०० जना मागेको छ । यसैगरि उत्तर पश्चिम पृतना हेडडक्वाटर निमारे सुर्खेतको लागि ३२५ जना मागेको छ ।
श्री नं. ४ वाहिनी अड्डा नेपालगञ्ज बाँकेको लागि १७५ जना मागेको छ । यस्तै श्री नं. २४ वाहिनी अड्डा देवलडाँडा जुम्लाको लागि ५० जना मागेको छ ।
सुदुर पश्चिम पृतना हेडक्वाटर तेघरी कैलालीको लागि २०० जना मा गरेको छ ।
श्री नं २५ वाहिनी अड्डा भगतपुर कञ्चनपुरको लागि १५० जना माग्दा श्री नं. ५ वाहिनी अड्डा दिपायल डोटीको लागि ७५ जना र अर्जुनवाण गण दह डडेल्धुराको लागि ५० जना माग गरेको छ ।
उम्मेदवारले कक्षा ८ उत्तीर्ण प्रमाण पत्र पेश गर्नुपर्छ । ग्रेडिङ् प्रणालीपछिको हकमा सबै विषयमा डी+ हुनुपर्ने छ । पुरुषको हकमा न्युनतम उचाई ५ फिट ३ इन्च, छाती फुलाउँदा ३४ ईन्च र नफुलाउदा ३२ ईन्च हुनुपर्छ र न्यृनतम वजन ५० क.ेजी हुनुपर्नेछ । महिलाको हकमा उचाई ५ फिट र वजन ४० केजी हुनुपर्ने छ । दरखास्त दिने अन्तिम उम्मेदवारको उमेर १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनुपर्छ । उम्मेदवारले आवेदन साथ नेपाली नागरिकताको प्रमाण प्रत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, कपाल काटेको दुवै कान देखिने पुरै मुखाकृति प्रस्ट देखिने ४ प्रती फोटो दरखास्त साथ पेस गर्नुपर्ने छ ।
आवेदकले आजदेखि बैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुरमा भने जेठ ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया