९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत


झापा । जिल्लाको चालु आर्थिक वर्ष को ९ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड विनियोजन भएकामा चैत मसान्तसम्म ४ अर्ब १ करोड ५२ लाख खर्च भएको छ । ‘चालुतर्फ विनियोजित १६ अर्ब १४ करोड ६८ लाख मध्ये ११ अर्ब १९ करोड ७२ लाख खर्च भएको छ,’ उनले भने ।

समग्रमा जिल्लाको १५ अर्ब २१ करोड २५ लाख १८ हजार खर्च भएको छ । चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ राजस्व संकलन भएको छ ।

प्रकाशित मिति: ५ वैशाख २०८२, शुक्रबार  १० : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।