काठमाडौं । गभर्नर बन्ने पक्का भएसँगै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसकाे दबाबपछि उनलाई गभर्नर नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओली तयार भएसँगै उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् ।
अब बस्ने मन्त्रिपरिषद्को बैठकले भट्टलाई गभर्नर नियुक्ति गर्ने छ । बहालवाला कार्यकारी निर्देशकलाई नै गभर्नर नियुक्त गर्न मिल्ने वा नमिल्ने भन्ने कानुनी अन्योलता देखिएपछि भट्टले शुक्रबार राजीनामा बुझाएका हुन् ।
सरकारले ३ साताअघि गर्भनर नियुक्ति गर्न सफिारिस समिति गठन गरेको थियो । तर, सत्तारुढ २ दलबीच गर्भनर कसलाई बनाउने भन्नेबारेमा निर्णय नहुँदा समितिको बैठक बस्न सकेको थिएन ।
अर्थमन्त्री विष्णु पौडेलको संयाेजकत्वमा गठित समितिले अब भट्टसहित ३ जनाकाे नाम सिफारिस गर्नेछ ।
प्रतिक्रिया