अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो


नवलपरासी । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो ।सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए ।

हाल दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ ।

प्रकाशित मिति: १० वैशाख २०८२, बुधबार  ०७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।