राष्ट्र बैंकले भन्यो- सुन आयातको सिफारिस गर्दा कुनै शुल्क नलिनु


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा सुन व्यवसाय गर्ने संघले कुनै प्रकारको दस्तुर वा शुल्क नलिन भनेको छ ।

अब वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा सुन व्यवसाय गर्ने संघले कुनै प्रकारको दस्तुर वा शुल्क लिन नपाइने भएको हो ।

नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी सुन व्यवसाय सम्बन्धी संघ वा महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क नलिन सुचित गरेको हो ।

प्रकाशित मिति: १७ वैशाख २०८२, बुधबार  ०९ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।