सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्यले आइतबारको मूल्यलाई निरन्तरता दिइएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २६४.४१ अमेरिकी डलर र चाँदी ३२.१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।