लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र “कोशेढुङ्गा” मा


लोकप्रिय गायक तथा भ्वाईस अफ नेपालका जज खेम सेन्चुरीले चलचित्रमा समेत काम गर्ने भएका छन् । ब्लकबस्टर सिनेमा “पूर्ण बहादुरको सारङ्गी” का लेखक तथा निर्देशक सरोज पौडेलले आफ्नो निर्माणाधिन चलचित्र कोशेढुङ्गामा खेम सेन्चुरीले संगीत गरेको एउटा गीत रहने बताएका छन् । नेत्र अर्यालको शब्द रहने यो गीत तिज बिशेष हुने बताईएको छ ।

“म त ढलेढले , सुर्ती माड्दा माड्दै, अरेली काडैले, कट्टा हान्दिन्छु, नमस्ते ढोगदिया, मायालाई पानको पात, मायाले आखै नलाउने, सोचे झैँ जिन्दगी रैनछ” जस्ता सुपरहिट गीतमा संगीत र स्वर दिईसकेका गायक खेम सेन्चुरीका लोक लयमा आधारित गीतहरु ट्रेन्डिंगमा पर्ने गरेका छन् । चलचित्रमा सेन्चुरीको आगमनलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

२ । ३ वटा चलचित्रमा खेम सेन्चुरीको गीत आउन सक्ने देखिएपनि भदौ १२ मा रिलिज हुने भनिएको कोशेढुङ्गा खेमको पहिलो चलचित्र बनेको । हामीले नेपाली चलचित्रमा कमसेकम लोक लयको एउटा मात्र भए पनि गीत राख्नु पर्नेमा जोड दिँदै चलचित्र कोशेढुङ्गाका मुख्य सल्लाहकार निदेश अधिकारीले कोशेढुङ्गा नेपाली माटो सुहाउँदो चलचित्र बन्ने बताएका छन् ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा सरोज पौडेल निर्देशक छन् भने प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रूपमा रहेका छन् । फिल्मका कार्यकारी निर्मातामा दिनेश खड्का हुन् ।

आर्यन सिग्देल, सुरक्षा पन्त, निति शाह, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाई, मन्जिल कुमार चलचित्रमा मुख्य कलाकारका रुपमा रहने छन् ।

बाबु श्रेष्ठको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन तथा रिदम कँडेल र आषिश अविरलको संगीत रहने यो चलचित्रको अन्तर्राष्ट्रिय र डिजिटल राईट सेभेन सिज इन्टरनेशनलले खरिद गरिसकेको छ ।

प्रकाशित मिति: २४ वैशाख २०८२, बुधबार  १६ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।