सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आइतबार सुनको मूल्य ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । आइतबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३२६.१५ अमेरिकी डलर र ३२.७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।