सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो, चाँदी भने बढ्यो


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २५२.०९ अमेरिकी डलर र ३३.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।