आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई प्रेम दरवारमा ५० प्रतीशत सम्म छुट


काठमाडौँ । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब प्रेम दरवार होटलको जिपलाइनको टिकटमा ५० प्रतीशत र होटलका सम्पूर्णसेवामा ३५ प्रतीशत छुट प्राप्त हुने भएको छ ।

आई.एम. ई. लाइफ र प्रेम दरवार प्रा. ली. बिच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

छुट सुविधा लिनका लागि प्रेम दरवार होटलको टिकट काउन्टरमा गई जिपलाइनको टिकट खरिद गर्नुपर्नेछ । उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाइ सहज र स्तरीय बनाएको छ ।

 

 

 

प्रकाशित मिति: ५ जेठ २०८२, सोमबार  १७ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।