काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ । बोर्डले इन्स्योरेन्सलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको हो ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ८९ करोड ८ लाख रुपैयाँ छ । जसको ४० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरमा ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद शेयर इन्स्योरेन्सले जारी गर्नेछ ।
हकप्रद शेयर बिक्रीपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया