काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीले १९ औँ साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको जेठ २ गते शुक्रबार बसेको बैंठकको निर्णय अनुसार साधारण सभा हुने भएको हो ।
सभा आगामी जेठ २९ गते बिहीबार बालुवाटार, काठमाडौँमा ११ बजेदेखि हुने भएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँको २.५० प्रतिशतको दरले ६ करोड २५ लाख ६६ हजार ४५० रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव गर्नेछ ।
साधारणसभा सम्पन्न गर्नका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् जेठ २१ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया