सुनको भाउ एकैदिन १ हजार १०० रुपैयाँले घट्यो


काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । लगातार २ दिनसम्म बढेको सुनको भाउ शुक्रबार भने एकैदिन १ हजार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१३.३६ अमेरिकी डलर र चाँदी ३३.१७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ९ जेठ २०८२, शुक्रबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।