काठमाडौँ । चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जिडीपी) मा बागमती प्रदेशको ३६.५२ प्रतिशत योगदान रहँदा कर्णालीको ४.१९ प्रतिशत मात्र योगदान रहने प्रक्षेपण गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले कोशी प्रदेशबाट १५.९० प्रतिशत, लुम्बिनी प्रदेशबाट १४.२३ प्रतिशत, मधेश प्रदेशको १३.१६ प्रतिशत, गण्डकी प्रदेशको ८.९८ र सुदुरपश्चिमबाट ७.०३ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।
कर्यालयले कुल अर्थतन्त्रमा बागमती प्रदेशको २२ खर्ब ३० अर्ब रुपैयाँ योगदान रहने अनुमान गरेको छ । कोशी प्रदेशको ९ खर्ब ७१ अर्ब रुपैयाँ , लुम्बिनी प्रदेशको ८ खर्ब ६९ अर्ब रुपैयाँ, मधेश प्रदेशको ८ खर्ब ४ अर्ब रुपैयाँ योगदान रहने प्रक्षेपण गरेको छ ।
गण्डकी प्रदेशको ५ खर्ब ४८ अर्ब रुपैयाँ, सुदुरपश्चिम प्रदेशको ४ खर्ब ३० अर्ब रुपैयाँ योगदान रहँदा कर्णाली प्रदेशको २ खर्ब ५६ अर्ब रुपैयाँ मात्र रहने प्रक्षेपण गरेको छ ।
समग्र देशको आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहदा सबैभन्दा बढी गण्डकी प्रदेशको ५.५१ प्रतिशत रहने कार्यालयले प्रक्षेपण गरेको छ ।
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत, कर्णाली प्रदेशको आर्थि वृद्धिदर ४.७४ प्रतिशत, लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर ४.७० प्रतिशत, मधेश प्रदेशको आर्थिक वृद्धिदर ४.५० प्रतिशत रहने तथ्यांक कार्यालयको प्रक्षेपण छ ।
कोशी प्रदेशको आर्थिक वृद्धि ३.३४ प्रतिशत रहदा सुदुरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा कम ३.३२ प्रतिशत रहने कार्यालयको प्रक्षेपण छ ।
समग्र देशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ४ ९६ अमेरिकी डलर रहने राष्ट्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ ।
प्रदेशगत आधारमा सबैभन्दा बढी बागमती प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २ हजार ६०१ अमेरिकी डलर रहने कार्यालयको प्रक्षेपण रहेको छ । यस्तै गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन १ हजार ६२० अमेरिकी डलर, कोशी प्रदेशको १ हजार ४०१ अमेरिकी डलर, लुम्बिनी प्रदेशको १ हजार २०१ अमेरिकी डलर प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन रहने प्रक्षेपण कार्यालयको छ ।
सुदुरपश्चिम प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार १५३ रुपैयाँ, कर्णाली प्रदेशको १ हजार ८९ डलर प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन रहदा सबैभन्दा कम मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ९३२ अमेरिकी डलर रहने राष्ट्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ ।










प्रतिक्रिया