बजार अनुगमनमा कडाई गर्दै विभाग


काठमाडौँ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग पछिल्लो समय बजार अनुगमनमा कडाई गर्न थालेको छ । विभागले मंगलबार मात्र काठमाडौँ उपत्यकाका तिनै जिल्लाका विभिन्न २५ ठाउँमा अनुगमन गरेको हो ।

विभागका अनुसार मंगलबारको अनुगमनका क्रममा विभिन्न १० वटा व्यवसायी तथा आपुर्तिकर्तालाई सामान्य निर्देशन दिएको जनाएको छ । तिनवटा व्यवसायी तथा आपुर्तिकर्तालाई थप व्यवस्थित गर्न निर्देशन दिएको छ ।

आठओटा व्यवसायी तथा आपुर्तिकर्तालाई व्यवसायसँग सम्बन्धित कागजपत्र लिएर तिन दिनभित्र विभागका उपस्थित हुन निर्देशन दिएको जनाएको छ । यस्तै २ वटा आपुर्तिकर्ता तथा व्यवसायीलाई ६५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

पछिल्लो समय विभागले बजार अनुगमनमा सबै किसिमका व्यवसाय तथा आपुर्तिकर्तालाई अनुगमन गर्दै छ । विभागले निर्माण सामग्री, सर्जिकल सामान, खाद्य वस्तु, रेडिमेड तथा थान कपडा, कस्मेटिक, अटो पार्ट्स, हार्डवेयर सबैखाले क्षेत्रमा अनुगन गर्ने गरेको जनाएको छ ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  ०९ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।