शिक्षक, कर्मचारी र विद्यार्थीको संख्या बराबर


काठमाडौँ । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतस्थित शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको सङ्ख्या बराबर छ ।

कक्षा ५ सम्म अध्यापन हुने यो विद्यालयमा ३ जना विद्यार्थी छन् । कक्षा ३ मा २ र कक्षा ४ मा १ जना विद्यार्थी छन् । प्रधानाध्यापक रामचन्द्र पाइजाका अनुसार विद्यालयमा १ जना स्थायी दरबन्दी, १ जना निजी स्रोतका शिक्षक र १ जना कार्यालय सहयोगी छन् ।

“३ वर्षयता विद्यालयमा विद्यार्थी आएका छैनन्”, उनले भने, “भएका विद्यार्थी पनि गएपछि बालकक्षा, कक्षा १, २ र ५ विद्यार्थीविहीन भएको छ ।

स्वाँत गाउँमा ७० घर भए पनि हाल परिवारको मात्र बसोबास छ । विद्यार्थी सङ्ख्या कम भए पनि विद्यालय सञ्चालन गर्नुपरेको अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए । स्वाँतको छिमेकी गाउँ किन्दु आधारभूत विद्यालयमा पनि विद्यार्थी सङ्ख्या न्यून रहेको उनले बताए ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।