सामाजिक सुरक्षा कोषले गर्यो ३ दिनमा ७ करोड भुक्तानी


काठमाडौँ । समाजिक सुरक्षा कोषले ३ दिनमा ७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले बुधबार सार्वजनिक गरेको तथ्यांकमा १४ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको हो ।

यसअघि कोषले आइतबार प्रकाशन गरेको तथ्यांकमा १४ अर्ब ७४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

कोषका अनुसार सबैभन्दा बढी वृद्ध अवस्था सुरक्षा योजनामा ६६ अर्ब २५ करोड ५५ लाख ९६ हजार ५१७ रुपैयाँ अनुदान रकम संकलन भएकोमा १२ अर्ब ४० करोड ५६ लाख १९ हजार ७५४ रुपैयाँ दाबी भुक्तानी गरिसकेको जनाएको छ ।

आश्रित परिवार सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ५ अर्ब ८ करोड ६६ लाख ७८ हजार ४२१ रुपैयाँ संकलन भएकोमा ४३ करोड ३५ लाख ६७ हजार ५९ रुपैयाँ दाबी भुक्तानी गरिसकेको जनाएको छ । औषधी, उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा २ अर्ब २७ करोड ५ लाख ३२ हजार १३३ रुपैयाँ योगदान रकम संकलन भएकोमा १ अर्ब ९७ करोड २७ लाख ८२ हजार २७७ रुपैयाँ दाबी भुक्तानी गरिसकेको कोषले जनाएको छ ।

यस्तै कोषमा आवद्ध हुनेको संख्या पनि २२ लाख ६५ हजार ८४९ जना पुगेको छ । कोषमा सबैभन्दा बढी वैदेशिक रोजगारबाट १६ लाख ७६ हजार ४७१ जना आवद्ध भएका छन् । स्वरोजगारबाट ३६८ जना र अनौपचारिक क्षेत्रबाट ४९२ जना आवद्ध भएको छन् ।

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशका श्रमकि आवद्ध भएका छन । बागमतीबाट १३ हजार ९९२ रोजगारदाता मार्फत ४ लाख ४६ हजार ४०७ जना आवद्ध भएका छन् । यस्तै कोशी प्रदेशका २ हजार २१७ रोजगारदाता मार्फत ६२ हजार १६६ जना, मधेश प्रदेशका १ हजार ९७ रोजगारदाता मार्फत २८ हजार ९७२ जना, गण्डकी प्रदेशका १ हजार ३५ रोजगारदाता मार्फत २४ हजार ४९३ जना श्रमिक आवद्ध भएका छन् ।

लुम्बिनी प्रदेशका १ हजार ७०३ रोजगारदाता मार्फत २१ हजार ८४ जना, कर्णाली प्रदेशका २७८ रोजगारदाता मार्फत २ हजार २८३ जना र सुदुरपश्चिम प्रदेशका ३०३ रोजगारदाता मार्फत ३ हजार १३ जना आवद्ध भएको छन् ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १४ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।