अबदेखि किसानहरूले बाली लगाउनुअघि नै आफ्नो उत्पादनको मूल्य थाहा पाउने भएका छन् । आगामी आर्थिक वर्षको बजेटमा बाली लगाउने मिति भन्दा कम्तीमा १५ दिनअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन्। सरकारले किसानको हक र हित सुरक्षित गर्न समयमै मूल्य निर्धारण गर्ने नीतिगत निर्णय लिएको हो ।
प्रतिक्रिया